भारतले थप २०० मेगावाट बिजुली खरिद गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

भारतले थप २०० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौँ ।
भारत सरकारले नेपालबाट थप दुई सय मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ।नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।

आर्थिक वर्ष २०८१र८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ ।

यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०।९ मेगावाट पुगेको छ ।भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

Leave a Reply