काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने

२०८२,२,२०

काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर भोलिदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

Leave a Reply