समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

२०८१,१२,१८

समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको मुख्यालयमा जारी छ। संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवर्द्धनबारे बैठकमा छलफल भइरहेको माओवादी केन्द्रले जानकारी दिएको छ। गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय, एकीकृत समाजवादीकै जिल्ला कार्यालय, तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए। राजावादीहरूले १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए।

समाजवादी मोर्चाले यसबारे छलफल गर्ने र निर्णय गर्ने जानकारी दिएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);