२०८१,११,२१
नेपाली कांग्रेस मधेसले मुख्यमन्त्री सतिशकुमार सिंहसमक्ष विभिन्न २९ बुँदे प्रश्न तेर्स्याएको छ। मुख्मन्त्रीले मधेसमा निकै स्टण्टबाजी चलाएर चर्चा बटुल्न खोजेको भन्दै कांग्रेस मधेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। मुख्यमन्त्री सिंह विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको आरोप गुप्ताको छ। उनले प्रदेशमा भइरहेका विकास निर्माणका काममा भइरहेका ढिलाइ, जनताहरूलाई भइरहेको सास्ती, तस्करहरूको हालिमुहाली बढ्नु तथा बिचौलिया र भ्रष्टहरू सलबलाइरहँदा त्यसलाई रोक्न वर्तमान मुख्यमन्त्री असफल भएको आरोप पनि लगाएका छन्। आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका सिंह गठबन्धनको धर्मलाई निर्वाह नगरी आफ्नै पार्टीका मन्त्रीद्वारा आर्थिक लेनदेन गरेर योजनाहरू वितरण गर्नेलाई कारबाही नगरी उन्मुक्ति दिएको आरोपसमेत कांग्रेसले लगाएको छ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले कानुनी रूपमा दर्ता नभएका अस्पतालहरू बन्द गराउने अभियान चलाएका छन् । जसलाई सत्ता साझेदार कांग्रेसले सस्तो लोकप्रियता कमाउने नौटंकीु भनेको छ।




