काठमाडौं, १७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी सरकारले सरकारी संचारमाध्यमलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् ।
नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सचिव भट्टराईले सरकारी संचार माध्यम भित्र राजनीतिक दलको कोट लगाएर आउनु आवश्यक नभएको उनको भनाई छ ।
सरकारको सम्पत्ति सबैको साझा भएकाले कुनै दल विशेषको कोट सहित कार्यालय छिर्न आवश्यक नभएको उनको तर्क थियो । उनले नयाँ सरकारले आजको प्रेस स्वतन्त्रतामा कुनै आँच आउन नदिने प्रतिवद्धता पनि जाहेर गरे ।
उनले नयाँ संरकार गठन पछि प्रेस सस्वतन्त्राको विषय अझै माथि उठ्ने स्पष्ट पारे । सचिव भट्टराईले सरकारी मिडियाले आफ्नो सिमामा बसेर काम गर्नुपर्नेमा जोड दिए ।




