राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण

काठमाडौं,२० चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण गर्नुभएको छ ।

सभामुख देवराज घिमिरेले सोमवार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाउनुभएको हो । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ ।

पत्रको व्यहोरा पढदै सभामुख घिमिरेले भन्नुभयो, ‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्मानीय राष्ट्रपतिज्यु श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणिकृत प्रति थान १ यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा अनुरोध गर्दछु । क्रम संख्या १. विधेयकको नाम अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० । प्रमाणिकरण मिति २०८०÷१२÷१६ ।’

संघीय संसदको दुवै सदनले पारित गरेको पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानूनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);