काठमाडौं,२ माघ । सोमबार माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा टुंडिखेलमा लागेको माघी मेलामा मगर र थारु समुदायका छट्टुाछट्टुै आयोजनामा लागेको मेलामा उनीहरु च्यापिएको प्रहरीले जनाएको छ ।
घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र १० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
१९ वर्षीया की रेजिना घलेको निधार र मुखमा चोट लागेको छ । त्यसैगरी १९ वर्षीया रिजा रेस्मी मगरको निधार र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
हाल मनमैजु बस्ने २२ वर्षीया निर्मला श्रेष्ठको भिडमा च्यापिएर निधार, बाँया कुम र दुवै खुट्टामा चोट लागेको छ । त्यस्तै, २७ वर्षीया रश्मी नेपालको बाँया गालामा चोट लागेको छ ।
चौमती बस्ने वर्ष ११ वर्षीया बालिका युनिका बराल सामान्य घाइते भएकी छिन् । प्रहरीको अनुसार मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको अनुहार र ढाडमा चोट लागेको छ ।