छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’ ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’ !

xori garva mai

काठमाडौं, १० माघ । छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन् । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन् ।भन्छिन्, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।’ उनी हुन्, कञ्चनपुरकी एक मध्यमवर्गीय महिला ।

छोराको चाहनामा उनले गर्भमा आएका पाँचवटी छोरी त्यागिन्, प्राविधिक भाषामा भन्दा पाँचपटक ‘गर्भपतन’ गराइन् ।परिवारको दबाबमा उनले भारत गएर गर्भपतन गराएको सुनाइन् । धेरैपटकको असुरक्षित गर्भपतनका कारण अहिले उनी रक्तश्राव भइरहने, कमजोरी हुनेजस्ता स्वास्थ्य समस्या भोगिरहेकी छन् ।भारत गएर लिंग पहिचान गरी पाँचपटक गर्भपतन गराउँदा उनले एक लाख खर्च गरेको सुनाइन् ।

‘ऋणको पैसा लिएर भारत पुगेँ, भएको पैसा छोरी जन्मनै नदिन खर्च गरेँ, जन्मिएकालाई पढाउन पैसा छैन,’ उनले भनिन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।