आमिर खानकी छोरी ऐराको आज बिहे हुँदै,यी सेलेब्सले पनि २०२४ मा विवाह गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

आमिर खानकी छोरी ऐराको आज बिहे हुँदै,यी सेलेब्सले पनि २०२४ मा विवाह गर्दै

एजेन्सी,१८ पुस । आमिर खानकी छोरी ऐराको विवाह आज हुँदैछ । मिडिया रिपोर्टका अनुसार ऐराले जनवरी ३ मा फिटनेस ट्रेनर नुपुर शिखरेसँग कोर्ट म्यारिज गर्दैछिन् । दुवै सन् २०२१ देखि रिलेशनशिपमा छन् । उनीहरुले सन् २०२२ को नोभेम्बरमा निकै धमाधम इन्गेजमेन्ट गरेका थिए । ऐराको बिहेको तयारी तिब्र रुपमा भैरहेको छ । ऐरा आमिर र रीना दत्तकी छोरी हुन् ।

ऐरा बाहेक बलिउडका अन्य धेरै सेलेब्सले यसै वर्ष बिहे गर्न सक्नेछन् । हेरौं यस्ता केही सेलिब्रेटीहरू…

रकुल प्रीत सिंह–ज्याकी भगनानी : अभिनेत्री रकुल प्रीत सिंह पनि विवाह गर्न लागेकी छिन् । उनी निर्माता ज्याकी भगनानीसँग सम्बन्धमा छिन् । रिपोर्टका अनुसार दुवैले यसै वर्ष फेब्रुअरी २२ मा गोवामा विवाह गर्दैछन् । यो विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यद्यपी रकुल र ज्याकी दुबैको आधिकारिक जानकारी भने आएको छैन ।

रकुल र ज्याकी करिब २ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । रकुलले २०२२ मा आफ्नो जन्मदिनमा रोमान्टिक फोटो पोस्ट गरेर ज्याकीसँगको आफ्नो सम्बन्ध पुष्टि गरेकी थिइन्। उनले ज्याकीलाई त्यो वर्षको ’सबैभन्दा ठूलो उपहार’ भने।

रकुलले सन् २०१४ मा आएको फिल्म यारियाबाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि काम गरेकी छिन् । योसँगै ज्याकीले केही फिल्ममा काम गरे तर अहिले फिल्म निर्माता बनेका छन् ।

अरमान मलिक–आशना श्राफः गायक तथा गीतकार अरमान मलिकले पनि यसै वर्ष विवाह गर्ने भएका छन् । उनले २८ अगस्ट २०२३ मा ब्लगर आशना श्राफसँग इन्गेजमेन्ट गरे। अरमानका पिता डब्बू मलिकले एक अन्तर्वार्तामा दुवैले २०२४ मा विवाह गर्ने बताएका थिए तर विवाहको मिति भने तय भइसकेको छैन ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार आशना र अरमानले २०१७ मा एकअर्कालाई डेट गरेका थिए तर केही समयपछि उनीहरुको ब्रेकअप भयो । दुवैले २०१९ मा फेरि डेट गर्न थालेका थिए ।

आशनाको कुरा गर्दा उनी पेशाले युट्युबर र भ्लगर हुन् । अरमान गायक तथा संगीतकार डब्बू मलिकका छोरा हुन् । अरमानले २००६ मा शो ’सारेगामापा लिटिल च्याम्प्स’ बाट आफ्नो करियर सुरु गरेका थिए। त्यतिबेला उनी चार वर्षका थिए । अरमानले बाल गायकका रूपमा फिल्म ‘तारे जमीं पर’का लागि पहिलो गीत गाएका थिए । उनले ‘बम–बम बोले’ गीतमा स्वर दिएका थिए ।

अदिति राव हैदरी–सिद्धार्थः अदिति र सिद्धार्थ लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका खबरहरु आइरहेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुबैले २०२४ मा विवाह गर्न सक्नेछन् । गत वर्ष अदितिको ३६ औं जन्मदिनमा सिद्धार्थले उनीसँगको फोटो सेयर गरेर उनीहरुको सम्बन्धलाई आधिकारिक बनाएका थिए । यद्यपि अदितिले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

अदिति र सिद्धार्थ फिल्म ‘महा समुद्रम’ मा सँगै देखिएका थिए । मिडिया रिपोर्टका अनुसार दुवै फिल्मको सेटमा साथी बने र एकअर्काको नजिक आए । यद्यपि दुवैले आफ्नो सम्बन्धको बारेमा कहिल्यै केही भनेका छैनन् । अदितिले यसअघि अभिनेता सत्यदीप मिश्रसँग विवाह गरेकी थिइन् । गत वर्ष मात्रै उनले फेसन डिजाइनर मसाबासँग दोस्रो विवाह गरे ।

मलाइका अरोरा–अर्जुन कपूरः अर्जुन र मलाइका करिब ६ वर्षदेखि सम्बन्धमा छन्। यस अवधिमा उनीहरुको बिहेको हल्ला धेरै पटक सुनिएको थियो तर २०२४ साल नै यी दुईले बिहे गर्ने वर्ष हुनसक्ने बताइएको छ ।

हालै मलाइकाका पूर्व पति अरबाज खानले पनि मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गर्दैछन् । एक अन्तर्वार्तामा जब मलाइकालाई दोस्रो बिहेको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘कसैले सोधेमा बिहे गर्छु ।

विजय वर्मा–तमन्ना भाटियाः तमन्ना भाटिया आजकाल अभिनेता विजय वर्मालाई डेट गरिरहेकी छिन् । हालै दुवैले छिट्टै विवाह गर्ने खबर बाहिरिएको छ । बिहेको तयारीका लागि तमन्नाले नयाँ फिल्म साइन नगरेको खबर पनि आएको छ । यस्तो अवस्थामा दुवैले २०२४ मा विवाह गरेर बस्न सक्ने सम्भावना छ ।

रिपोर्टका अनुसार तमन्ना र विजय दुवै आफ्नो सम्बन्धलाई लिएर निकै गम्भीर छन् र छिट्टै विवाह गर्ने तयारीमा छन् । तमन्नाको परिवारले उनलाई विवाहका लागि लगातार दबाब दिइरहेको भन्दै उनले छिट्टै बिहे गर्ने सोचमा रहेको पनि बताइएको छ ।

Leave a Reply