काठमाडौं, १७ पुस ||
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रकालागि सुदूरपश्चिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम महत्वपूर्ण रहेको बताउनु भयो । मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनुभयो ।
विकासका लागि आधारभुत तत्वहरु बढी भएको प्रदेश सुदूरपश्चिम होः मन्त्री साउद
ताजा समाचार
प्रधानमन्त्री ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त
१० घन्टा अघि
भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो
१२ घन्टा अघि