काठमाडौं, २६ मंसिर । कोशी प्रदेशमा नेकपा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जना पक्राउ परेका छन् ।
ओखलढुंगा,खोटाङ्गलागयतका जिल्लामा मध्य लोकमार्गमा रुख ढालेर अवरोध गर्ने पहिचानवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार एमालेको अभियान लक्षित गरिएको अवरोध अहिले हटाइसकिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन् ।
एमालेको सकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीहरुले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।




