कोशीमा काँग्रेसले चार, माओवादीले तीन र नेकपा एसले एउटा मन्त्रालयले लिने, तिहारपछि मन्त्रिपरिषद् विस्तार | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

कोशीमा काँग्रेसले चार, माओवादीले तीन र नेकपा एसले एउटा मन्त्रालयले लिने, तिहारपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २६ कात्तिक । कोशीमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ ।

प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ । जसपाले नआउने बताए पनि गठबन्धन दल भएका कारण एउटा मन्त्रालय राख्ने सहमति छ । सत्तारुढ दलका नेताहरुले तिहार र छठपछि सरकार विस्तारसँगै जिम्मेवारी बाँडफाँड हुने बताएका छन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री छन् । सत्तारुढ गठबन्धन दलबीच प्रदेशिक निकायमा पनि भागवण्डा मिलेको छ । प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश खेलकुद वोर्डमा उनीहरुबीच सहमति भएको हो । पार्टीभित्र आकांक्षी धेरै भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रिपरिषद विस्तारमा समस्या छ । आफूलाई साथ दिने पार्टीका ‘बिद्रोही’ सांसदका साथै संस्थापन पक्षलाई पनि समेट्नुपर्ने दबाब छ । नेकपा माओवादी केन्द्रभित्र पनि मन्त्रीका आकांक्षी धेरै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);