महासचिव गुटेरेसले गरे पाटन दरबार क्षेत्रको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

महासचिव गुटेरेसले गरे पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौँ, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिएका थिए ।

महासचिव गुटेरेसलाई पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य सहित स्वागत गरिएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स,नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);