स्थानीय तह अधिकार सम्पन्न हुन सकेको छैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

स्थानीय तह अधिकार सम्पन्न हुन सकेको छैनः प्रधानमन्त्री

काठमाडौं, २० असोज ||

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विभिन्न कोणबाट संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जमर्को भइरहेको बताउनु भयो । उहाँले संविधान बनाएर सिंहदरबारको अधिकार जनताको घरदैलोमा र घर गाउँमा भनेपनि सरकारसँगै भ्रष्टाचार बेथिति, विकृति पनि सँगै गएको आरोप लाग्ने गरेको बताउनु भयो । उहाँले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने काम नभएको बताउनु भयो । प्रधानमन्त्री दाहालले संघीयता, गणतन्त्र आएपछि अधिकार सम्पन्न भयौँ र अवस्था फेरियो भन्ने महशुस जनतालाई गराउन नसकेसम्म लोकतन्त्रको औचित्य पुष्टि गर्न नसकिने बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);