काठमाडौं, २५ भदौ । नेपालगन्ज विमानस्थलबाट एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
आन्तरिक राजस्व कार्यालय दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुरक्षा जाँचपासको क्रममा उनको झोलाबाट ठुलो रकम फेला परेपछि विमानस्थलको सुरक्षामा खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनी बिहान पौने ९ बजेको समयमा श्री एयरको उडान हुँदै काठमाडौं आउने तयारीमा थिए ।