पहिलो सोमवार डोलेश्वरमा भक्तजनको भीड | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

पहिलो सोमवार डोलेश्वरमा भक्तजनको भीड

काठमाडौं, १ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर मन्दिरमा साउने सोमवारमा भक्तजनको भीड लागेको छ । साउने सोमवारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि सहज दर्शन गराउने व्यवस्था मन्दिर प्रशासनले मिलाएको छ ।

सोमवारे मेलामा शिवोपासन, व्रत, पूजाआज गर्नका लागि दर्शनार्थीहरु टाढाटाढाबाट आइरहेको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनु भयो । उहाँका अनुसार मन्दिरमा बिहानैदेखि पूजा गर्ने शिवोपासकहरुको भीड लागेको बताउनु भयो । साउन महिना र सोमवार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्लीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);