पूर्वसांसद आङतावा शेर्पाले आत्मसमर्पण गरे | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

पूर्वसांसद आङतावा शेर्पाले आत्मसमर्पण गरे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले आत्मसमर्पण गरेका छन् ।

सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका हुन् ।

उक्त प्रकरणमा शेर्पाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमै गएर भेटी कांग्रेस नेताहरुको नाम नपोल्द दबाब दिएको आरोप रहेको छ । उनी आफैँले पनि उक्त प्रकरणमा विभिन्न व्यक्तिसँग असुलीमा संलग्न भएको आरोप छ ।

३१ वैशाखमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Leave a Reply