काठमाडौं, १ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिन भित्र सबै कर्मचारीहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै विवरण बुझाउन निर्देशन दिएको हो ।
‘मन्त्रालय/संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचना बमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिन भित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।’ जारी परिपत्रमा उल्लेख गरिएको छ, ।
मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।