काठमाडौं, १ चैत्र । समिट एयरका पाइलट र को–पाइलट निलम्बित भएका छन् । पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको हो ।
भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै दुई जनालाई मंगलबार कारबाही गरेपनि नाम भने गोप्य राखिएको छ ।
अर्को आदेश नभएसम्म उनीहरुलाई उडानमा प्रतिबन्ध गर्दै छानबिन बढाइरहेको प्राधिकरणले जनाएको छ । भिएफआरमा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ र अगाडीको दृश्य नदेखिने भएकोले विमान दुर्घटना हुने जोखिम बढ्छ ।