सामाजिक सञ्जालको दुरुपयोग, न नैतिकता न निगरानी | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

सामाजिक सञ्जालको दुरुपयोग, न नैतिकता न निगरानी

social-media

काठमाडौं, २८ माघ । सामाजिक सञ्जाल मानिसहरुको दैनिक जीवनको अभिन्न अङ्ग जस्तै भइसकेको छ । इन्टरनेट र योसँग जोडिएर सञ्चालिन सामाजिक सञ्जाल केही मिनेटमात्र अवरुद्ध हुँदा धेरै मानिस उकुसमुकुमा हुने अवस्थामा पुगिसकेका छन् । कतिपय देशमा सामाजिक सञ्जालले मानसिक समस्या ल्याएर समाधान खोज्न थालिएको छ ।

नेपालमा सामाजिक सञ्जालको अत्याधिक प्रयोग बढेको छ । तर, यसको व्यापक दुरुपयोग हुन थालेको छ । सामाजिक सञ्जालसँग जोडिएर हुने अपराध बढेको छ । ठगी, ब्ल्याकमेलिङका उजूरी प्रहरीमा बढ्दो छ । तर, धेरै घटनाको उजूरी हुँदैन ।

समाजिक सञ्जालमा कसैको चरित्रहत्या गर्ने गतिविधि पनि बढेको छ । यतिसम्मकी जिम्मेवार सञ्चारमाध्यम र व्यक्तिहरु पनि सामाजिक सञ्जालको प्रयोगले व्यक्तिको विना तथ्य मानहानीमा लागेका छन् । सामाजिक सञ्जाल कुनै व्यक्ति वा संस्थालाई सिध्याउन खोज्ने हतियारमा परिणत गर्न खोजिएको छ ।

सामाजिक सञ्जालबाट अश्लील फोटो र भिडियोको अत्याधिक प्रयोग बढ्न थालेको छ । अश्लील बोली बोल्दै सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति नेपालमा बढ्दैछ । तर, सरकारी निकाय यसको नियमनमा चुकेको छ ।

समाजमा नैतिक मूल्य मान्यतामा ह्रास आइरहेको सामाजिक सञ्जालको प्रयोगले पनि देखाएको छ । सामाजिक सञ्जालमा जे पाए त्यही पोष्ट गर्ने प्रवृत्ति बढेर गएको छ । यसले सामाजिक सञ्जाललाई निकै प्रदूषित गर्दै लगेको छ । जसले मानिसहरुमा विचलन देखि आपराधिक घटना अभिप्रेरित गर्ने अवस्था विकास हुन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);