यातायात कार्यालयका हाकिमले प्रतिनिधिसभाको लागि दिए स्वतन्त्र उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

यातायात कार्यालयका हाकिमले प्रतिनिधिसभाको लागि दिए स्वतन्त्र उम्मेदवार

महोत्तरी। यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कार्यालय प्रमुखकोरुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागी महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।  निजामती कर्मचारीकोरुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । थापाकै योजनाअनुसार कांग्रेसबाट बागी बनेका प्रह्लाद क्षेत्री स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा विजयी भएको चर्चासमेत जिल्लामा हुने गरेको छ । नगरप्रमुख प्रह्लाद क्षेत्रीले पनि थापालाई सहयोग गर्ने भएका छन् । मनोनयन दर्ता गर्न एकसाथ पुगेका क्षेत्रीपक्षले थापालाई विजयी बनाउन हरकोसिस गर्ने बताए ।

स्थानीय निर्वाचनमा बागी समर्थक र प्रह्लाद क्षेत्रीलाई कांग्रेसले गरेको कारबाही फुकुवा नगरेको भन्दै क्षेत्रीपक्षले स्वतन्त्ररुपमा आफ्नै चुनावी समीकरण बनाएको छ । थापासमेत कांग्रेस निकट हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);