हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ६४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ छ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २५ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५  पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा  र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);