काठमाडौं, १६ कार्तिक । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाल प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको समानुपातिक सूचीको उच्च प्राथमिकतामा परेका छन। एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरुपछि अध्यक्ष ढकाललाई समावेश गरको हो।
राष्ट्रवादी र विकास मैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने नेपाल परिवार दलको नीति अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७४ मा सो दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर नेकपा एमालेसँग चुनाबी गठबन्धनका लागि तीन बुुँदे सहमति गरेको थियो।
सोही सहमति अनुसार ढकाललाई उच्च प्राथमिकतामा राखेको एमाले स्रोतले जनाएको छ। २ पटक सम्पन्न संविधान सभाको निर्वाचनमा नेपाल परिवार दलबाट समानुपातिक सांसद् बनेका ढकाललाई नेपालमा क्रिश्चियनको प्रचारका लागि राजनीति गरेको भन्ने आरोप लाग्ने गरेको छ।




