देउवा सरकार ढल्ने हल्ला मात्रै, यहि सरकारले आगामी निर्वाचन गर्ने प्रचण्डको खुलासा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

देउवा सरकार ढल्ने हल्ला मात्रै, यहि सरकारले आगामी निर्वाचन गर्ने प्रचण्डको खुलासा

Prachanda

काठमाडौँ, ४ असोज । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन यहि सरकारले गर्ने खुलासा गरेका छन्।

निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन बुधबार गोरखा सदरमुकाम पुगेका प्रचण्डले विभिन्न क्षेत्रबाट दशैँ लगत्तै सरकार परिवर्तन हुने हल्ला आएको भन्दै दु:ख व्यक्त गर्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन यहि सरकारले गराउने बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए।

पूर्व पार्टी उपाध्यक्ष बाबुराम भट्टराईको गृह जिल्ला पुगेका प्रचण्डले अब गोरखा दुई बाबुरामलाई जिम्मा लगाउन नसकिने समेत बताएका छन्।