टेण्डर प्रकृया पारदर्शी बनाउन नेपाली सेनालाई समितीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

टेण्डर प्रकृया पारदर्शी बनाउन नेपाली सेनालाई समितीको निर्देशन

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाडाैं-तराई मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ ।

सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रकृयामा पारदर्शीता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडी बढाउन समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समस्याहरुका चाँडो समाधान गर्न पनि निर्देशन भएको बताउनुभयो । समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय गौरबको आयोजना मध्येको एक काठमाडाैं-तराई मधेश द्रुतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधिन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरबको आयोजनामध्येको एक काठमाडाैं-तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । सोमबार समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा सेनाले जानकारी गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);