काठमाडौँ, पुस ६ । काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ ।
उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ ।