काठमाडौं, २२ मंसिर । राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यलयका सबै कर्मचारी दुई÷दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् । उनीहरु अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ ।
‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्चचरभित्र आचारसंहिता नै बनाइएको छ,’ स्रोतले भन्यो, ‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’
आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।