माउन्ट एभरेस्टमाथि रुसको दाबी ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

काठमाडौँ, २७ भदौ । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ। तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ।

बेलायतस्थित रुसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात अभिवादनहरुमध्यको एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ । बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रुसी भूभाग बताइएको छ।

  • यस ट्विटप्रति समाजिक सञ्जालमा धेरै नै प्रतिक्रिया आएका थिए ।
  • उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिए ।
  • केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् ।
  • एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।