ईमान्दारीका साथ सवारी चलाउने ४ चालकलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

ईमान्दारीका साथ सवारी चलाउने ४ चालकलाई सम्मान

chalak samman baitadi

बैतडी, १२ असोज । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाका चार जना चालकलाई सम्मान गरेको छ ।  पछिल्लो समय चालकको लापर्वाहिले सडक दुर्घटना बढिरहेकाले ईमान्दार पुर्वक सवारी साधन चलाउने चालकलाई जिल्ला प्रहरी कार्यालय बैतडीले सम्मान गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने नारा सहितको कार्यक्रमको पहिलो दिन ४ जना चालकलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यस्ता सम्मानका कार्यक्रम निरन्तर चलिरहने भएकाले ईमान्दारीका साथ सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो ।

मापसे नगरि, ट्राफिक कानुनको पालना गरेको भन्दै जिल्ला स्थित सबै यतायात व्यवसायमा आवद्ध लामो छोटो दुरीका चालकलाई कार्यक्रममा सम्मान गरिएको हो । कानुन विपरित काम नगर्न र सबैलाई ईमान्दार भएर सवारी साधन चलाउन प्रहरी नायव उपरिक्षकले सबै चालकलाई आग्रह गर्नुभयो ।

सम्मान प्राप्त गर्नेमा रमेश सिंह विष्ट, वसन्त पाण्डे, बासुदेव वोकटी र जय दत्त वडु रहेका छन् । यस्तो सम्मान कार्यक्रमले चालकलाई अझै ईमान्दार भएर काम गर्न प्रेरणा मिल्ने विश्वास लिईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);