कुन नेताको योग्यता कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

कुन नेताको योग्यता कति ?

qualification

काठमाडौं, २१ असार । वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन् । उनी मात्रै होइन, कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि अहिले राजनीतिशास्त्रकै एमको परीक्षा दिइरहेका छन्।

नेकपा संसदीय दलका सचेतक छिन्, – शान्ता चौधरी। पूर्वकमलरी उनले यसै वर्ष माध्यमिक शिक्षा (एसईई) परीक्षा उत्तीर्ण गरिन्। छोरासँगै एसईई दिएकी उनले परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएपछि अब कानुन विषय अध्ययन गर्ने बताएकी छन्।

उनी मात्रै होइन, राजनीतिमा आएकी नायिका करिश्मा मानन्धरले पनि यसै वर्ष एसईईको परीक्षा उत्तीर्ण गरिन्। मानन्धरले ३ जीपीए ल्याएर उत्तीर्ण गरिन्। अब व्यवस्थापन संकायमा सरकारी कलेज पढ्ने उनले प्रतिक्रिया दिएकी छन्।

क्याबिनेटमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म

केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन्।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।