अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ

guthi sansthan

काठमाडौं, १३ असार । उच्चस्तरीय भूमि आयोगमा देशभरका अतिक्रमित जग्गाबारे उजुरी पर्ने क्रम बढ्दै गएको छ । औपचारिक रूपमा काम सुरु गरेको छोटो समयमा नै मुलुकभरका ६० भन्दा बढी ठाउँका महŒवपूर्ण सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणको उजुरी परेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष मोहनरमण भट्टराईका अनुसार आयोगमा परेका अधिकांश उजुरीमा सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख छ । आयोगले जग्गाका सम्बन्धमा उजुरी माग गर्दै असार मसान्तसम्मको समय छुट्याएको छ । उजुरीबारे जाँचबुझ गरी विश्लेषण गर्ने तथा आवश्यक प्रमाण संकलन गरी छानबिनलाई अगााडि बढाउने आयोगले स्पष्ट पारेको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);