संघीय निजामति सेवाको पदपुर्तिका लागि सतप्रतिशतलाई भागवण्डा गर्न सकिदैन : मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

संघीय निजामति सेवाको पदपुर्तिका लागि सतप्रतिशतलाई भागवण्डा गर्न सकिदैन : मन्त्री पण्डित

lalbabu

काठमाडौं, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपुर्तिका लागि सतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधीसभा अन्तर्गत राज्यव्यवस्था तथा शुसासन समितिको बुधबारको बैठकमा उहाँले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएपछि तत्काल सतप्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिक नरहन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “यो बडो सेन्सेटिभ विषय पनि हो । अहिले सयमा सय प्रतिशतलाई भागवण्डा गरेर जान सकिने स्थिति छैन । ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर सहमतिमा पुग्न सक्यौ भने त्यत्ति नै राम्रो हुन्छ । धेरै यसमा वादविवाद र धेरै तितो पिरो गरेर जानुपर्ने स्थिति छैन । यसमा धेरै रिजिट बन्नुपर्ने स्थिति पनि छैन । ”

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्र्तगत संघीय निजामती सेवाको पदपूतिको विषयमा समितिले विभागिय मन्त्रालयसंग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);