निर्माण शुरु भएको २४ बर्षमा पनि गाईघाट-दिक्तेल सडक पूर्ण भएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

निर्माण शुरु भएको २४ बर्षमा पनि गाईघाट-दिक्तेल सडक पूर्ण भएन

गोपाल पोखरेल
उदयरपुर, ७ माघ । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको कदमाहा र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने यो सडकमा पूर्णरुपमा ट्रयाक खुलेको करीब छ बर्ष बिती सकेको छ ।

तर, ट्रयाक खुलेपनि सुनकोसी नदीमा पुल नहुँदा हिउँदमा पुसदेखि जेठसम्मका लागि अस्थायी पुल लगाएर काम चलाइएपनि बर्षायाममा भने यातायातका साथै सडक निर्माणको काम समेत प्रभावित हुँदै आएको छ ।

विक्रम संम्वत २०५१ सालमा तत्कालित प्रधामन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेको १ सय ३१ किलोमिटर लामो यो सडकको खोटाङ जिल्लातर्फको फोक्सिनटारदेखि खाम्तेल सिम्पानीखण्डको २६ किलोमिटर सडक खण्डमा नियमित काम भइरहेपनि बाँकी रहेको साउने फोक्सिनटार र खाम्तेल महुरे सडक खण्डमा खासै काम हुन सकेको छैन ।

फोक्सिनटारदेखि खाम्तेल सिम्पानीखण्डको २६ किलोमिटर सडक खण्डमा भने स्टक्चर अर्थात बनावट निर्माणको करिव ७० प्रतिशत काम सम्पन्न भई सब ग्रेड निर्माण गर्ने काम भइरहेको छ । २०७७ सालको साउन महिनामा सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको मैनाचुली÷खाम्पाचो÷जयनारायण पवन जेभिले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ ।

सगरमाथा राजमार्ग नामाकरण गरिएको यो सडक समयमै संचालन हुने हो भने खोटाङका सर्वसाधरणलाई तराई जाने यो सवैभन्दा छोटो मार्ग बन्नेछ । तर, शुरु भएको २४ बर्ष वितिसक्दा पनि निर्माण कार्य नसकिँदा सर्वसाधारणले हरेक बर्षायाममा पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।

खोटाङको सदरमुकाम दित्तेललाई राष्ट्रिय सडक संजालसंग जोड्ने र त्यस क्षेत्रका सर्वसाधारणको आथर््िाक गतिविधिमा समेत सुधार ल्याउने मुख्य लक्ष्यका साथ यो सडक निर्माण प्रारम्भ गरिएपनि हालसम्म पनि सुनकोसी नदीमा पुल बन्न सकेको छैन ।

मध्यपहाडी लोकर्मागले खोटाङ सदरमुकाम दिक्तेललाई राष्ट्रिय संजालमा जोडेपनि दक्षिणी क्षेत्रका सर्वसाधारणले भने सडक यातायातको समस्या खेपिरहेका छन् । सडक नबन्दा बिशेष गरि ग्रामिण क्षेत्रमा उत्पादन गरिएको कृषि उपजले बजार पाउन नसकेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);