काठमाडौं, १७ कात्तिक । ४० वर्ष देखि निरन्तर राजनितिमा सक्रीय रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन् लाल बाबु पण्डित । मन्त्री पण्डित यस अघि पनि स्वर्गीय शुशिल कोइराला नेतृत्व सरकारमा सामान्य प्रशासन मन्त्री थिए ।
त्यतिबेला उनले देश तथा विदेशमा रहेका नेपालीहरु माझ मुलुकका लागि केहि राम्रा काम गरेर निकै लोकप्रीयता कमाएका थिए । संघीय संसदका लागि भएको मोरङ्गबाट शेखर कोइरालालाई पराजित गरेर निर्वाचित भएका मन्त्री पण्डित ईन्जिनियर हुन् ।
उन राजनितिमा ४० वर्ष देखि सक्रीय छन् । ७ वर्ष भुमिगत बसेका पण्डितले २ वर्ष जेल जिवन बिताएका थिए । यतिबेला मुलुक राष्ट्रमा राजनितिमा आफ्नो असल भुमिका निर्वाह गरिरहेका छन् ।
नेपालमा नया सविधान पश्चात केन्द्रीय प्रणालीबाट संघीय प्रणालीमा गयौ । त्यसबाट ३ तहको प्रणालीमा गयौ,१ केन्द्र, २ प्रदेश , ३ स्थानिय तह । यो कुनै पनि अन्य देश सङ्ग् नेपालको मिल्दोजुल्दो प्रणालीको रुपामा हामीले लिएका छैनौ । हाम्रो आफ्नो विशिष्ट मौलिक हिसाबले सविधानमा ३ तहको व्यवस्था गरेर नै अगाडि बढ्दै छौ भनि सविधान बारे स्पष्टिकरण दिएका छन् ।
उनको यो ४० वर्षको राजनितिक अनुभव कस्तो रह्यो ? र नेपालको राजनिति प्रति उनको दृष्टिकोण कस्तो रहेको छ ? भन्ने बारे अझ नजिकबाट बुझ्न माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मन्जु कार्कि खरेलले मन्त्री लाल बाबु पण्डित सङ्ग गरेकाे भिडियाे हेर्नुहोस्: