दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा

karmachari rajinama

काठमाडौं, ११ असोज । २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् ।

आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ । सचिवालयले कर्मचारीलाई गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।  उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५, ७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो । कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, उनीहरुले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन नसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);