सरकारले लिएको कर नीतिको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सरकारले लिएको कर नीतिको चर्को आलोचना

tax

काठमाडौं, १ असोज । उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए ।

उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दावी गरे । उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यवहारिक कर नीति ल्याउन सरकारसँग माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गरे । उनले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुनेगरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए । करको सदुपयोग गरेर मात्रै कर असुली सहज हुने उपाध्यक्ष प्रधानको भनाई छ ।

उद्योगीहरुले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दवाव दिँदै आएका छन् । उनीहरुले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);