प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा गोपनियता सम्बन्धि विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा गोपनियता सम्बन्धि विधेयक पारित

rajya bebasta samiti

काठमाडौं, २८ भदौ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित पारित गरेको हो ।

संशोधनकर्ता सांसद र सम्बन्धित निकायसँग व्यापक छलफल गरी सो विधेयक परिमार्जनसहित पारित गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिइन् । तर, परिमार्जनसहित पारित सो विधेयकमा परकमत राख्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्लाका विभिन्न निकायमा रहेका सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको पनि सम्पत्ति, शैक्षिक योग्यतालगायतका विवरण सार्वजनिक गर्नुपर्ने बताए ।

यस अघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले हरेक नागरिकको गोपनियताको हकलाई सुनिश्चित हुनेगरी ल्याइएको सो विधेयकलाई अन्यथा नलिन समितिका सदस्यहरुलाई आग्रह गरेका थिए ।

विधेयकमा सार्वजनिक पदधारण गरेका व्यक्तिको पनि गोपनियताको हक सुनिश्चित हुने व्यवस्था गरिएको छ । बैठकमा गृहमन्त्री थापाले सार्वजनिक पदधारण गरेका व्यक्तिले अपराध गरे कार्वाही गर्ने कानुनी व्यवस्था रहेकाले त्यसमा चिन्ता नगर्न पनि समितिका सदस्यहरुलाई आग्रह गरेका थिए ।