पर्सा, १५ साउन । बीमा सर्भेयरहरुले बीमा सेवालाई नियन्त्रण गर्ने नाममा सरकारले ल्याएको विधेयक संशोधन गर्न माग गरेका छन् ।
पर्साको वीरगन्जमा पत्रकार सम्मेलन गरि सर्भेयरहरुले सरकारले ल्याएको विधेयक अव्यवहारिक रहेकाले संशोधन गर्न माग गरेका हुन ।
विधेयकमा सर्वेयरहरुलाई मध्यस्तकर्ता भनिएको र गलत मुल्याङ्गकन गरेको पाइएमा फौजदारी अभियोग लगाइन सक्ने छ । यो व्यवस्थाप्रति सर्भेयरहरुले आपत्ति जनाएका हुन् ।