एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरिमा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरिमा : प्रचण्ड

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ठ एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरिमा पर्ने खतरा रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी समारोहलाई सम्बोधन गर्दै उनले मुलुक, जनता र इतिहासको नयाँ आवश्यकतालाई आत्मसाथ गर्न नसक्ने हो भने प्राप्त उपलब्धि गुम्न सक्ने खतरा रहेको बताए ।

एकता नभए मुलुक फेरी ७० बर्ष पछाडि धकेलिने र अराजकताको भुमरिमा फस्ने उनको तर्क थियो । एक जना विद्धानले केही समय पछि नेपालको अस्तित्व नै खतरामा पर्न सक्ने बताएको उल्लेख गर्दै उनले मुलुकको रक्षा गर्दै आर्दश र स्वर्णीम समाजको परिकल्पना लाई साकार पार्न सबै नेताले क्रमभंगतालाई स्वीकार्नु पर्नेमा जोड दिए ।

निरन्तरतामा क्रमभंगता नगरेसम्म मुलुकको सम्वृद्धि हासिल हुन नसक्ने भन्दै उनले आग्रह र पुर्वाग्रहबाट माथि उठेर एक पटक श्रमजीवी वर्गका लागि समर्पित हुने संकल्प गर्न सबैलाई आव्हान गरे ।

नेताहरुले आफुलाई सांच्चै नेता हो भन्ने सावित गर्न विचारको विकासमा निरन्तरतामा क्रम भंग हुन्छ भनेर बुझ्न सक्नुपर्नेमा उनको जोड थियो । उनले मुलुकलाई असफल हुनबाट बचाउन केही दिन भित्रै कम्युनिष्ठ एकता हुने उद्घोष गरे ।

कम्युनिष्ट नेताहरुमा पछिल्लो समय कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दशप्रति अनास्था र बुर्जुवा स्वार्थ प्रति आकर्षण बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । उनले नेपालमा मात्रै नभई विश्वभर नै कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दश स्खलन हुँदै उपभोक्तावादी, व्यक्तिवादी चिन्तनको विसंगतिले टाउको उठाउँदै गएको बताए ।

उनले माक्र्सवादको अध्ययन तथा चिन्तन गर्ने संस्कृति सत्तारोहणपछि चिन्ताजनक ढंगले उपभोक्तावादको अध्ययन गर्ने भयानक रोगमा परिणत भएको जिकिर गरे ।

नेतृत्व र कार्यकर्ता पंक्ति कार्लमाक्र्सको सिद्धान्त, विचार, मुल्य र मान्यतामा गम्भीर भएर नलाग्ने हो भने कम्युनिष्ठ प्रतिको जनताको आकर्षण विकर्षणमा परिणत हुन बेर नलाग्ने उनले बताए ।

नेताहरुमा स्खलित हुँदै गएको कम्युनिष्ट चिन्तनका कारण जनतामा भित्र भित्रै कम्युनिष्ठ प्रति नै विकर्षण पैदा हुँदै गएको र जनताले नै त्यस्ता नेताको अन्त्य गरेका उदाहरण विश्वका कैयौ मुलुकमा देखिएको भन्दै उनले त्यस तर्फ गम्भीर बन्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);