पूर्व सैनिकहरुको सम्मेलन टुँडिखेलमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

पूर्व सैनिकहरुको सम्मेलन टुँडिखेलमा सम्पन्न

sena

काठमाडौं, १७ चैत । नेपाली सेनाका पूर्व सैनिकहरुको सम्मेलन राजधानीको टुँडिखेलमा विशेष समारोहका साथ सम्पन्न भएको छ । माघ २१ गते धनगढीबाट सुरु भएको सम्मेलन शनिबार टुँडिखेलमा विशेष कार्यक्रम गरि समापन गरिएको हो।

सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई संविधानले सुम्पेको विशिष्ठ जिम्मेवारी निर्वाह गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार रहेको बताए।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताका लागि पुर्याएको योगदान र आर्जन गरेको विश्वासका कारण सरकारले सेनालाई सामरिक महत्वका विभिन्न कार्यमा सहभागी गराएको उल्ल्लेख गर्दै उनले त्यस जिम्मेवारीलाई सेनाले चुनौती र अवसर दुवैका रुपमा लिएको बताए ।

काठमाडौंको माहाकालमा बनाउने भनिएको भेट्रान अस्पताललाई ऐतिहासिक त्रिभुवन चन्द मिलिटरी अस्पतालको अस्तित्व कायम रहने गरी मात्रै सञ्चालनमा ल्याईने प्रधानसेनापतिले स्पष्ट पारे ।

सम्मेलनमा विभिन्न सांस्कृतिक झाँकी तथा विभिन्न कला कौशल प्रर्दशन गरिएको थियो । सम्मेलन सुरु हुनु अगाडि हेलिकप्टरबाट भूतपूर्व सैनिकको सम्मेलन २०७४ लेखिएको झण्डा सहित पुष्पवृष्टी गरिएको थियो । यसअघि सातै प्रदेशमा भूतपुर्व सैनिकहरुको सम्मेलन सम्पन्न भईसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);