काठमाडौं ।
आज देशभरको मौसम साधारणतया बदली रही पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानका साथै मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै, मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ । यसैगरी, आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशसहित कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ । रातिको समयमा मधेस प्रदेशका साथै कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।




