काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी राष्ट्रिय सभाकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले पशुपतिनाथ मन्दिरको व्यवस्थापनका लागि कुनैपनि बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त असन्तुष्टि व्यक्त गर्नुभएको हो । बजेटमा पशुपतिनाथको नाम कतै पनि उल्लेख भएको नपाइएको सांसद पुडासैनीको भनाई थियो । सांसद पुडासैनीले पशुपतिनाथ मन्दिरको पूर्वतिर बग्ने वागमती नदीमा ढल मिसिएको अवस्था हुँदा पनि सरकारले त्यसको व्यवस्थापनका लागि कुनैपनि बजेटको व्यवस्था नगर्नुले आफूलाई खल्लो बनाएको पनि बताउनु भयो ।सांसद पुडासैनीले गोकर्णेश्वर दरबारलाई बजेटले छोएको तर त्यो पर्याप्त नभएको पनि टिप्पणी गर्नुभयो ।




