सरकार र कांग्रेसबीच जुहारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सरकार र कांग्रेसबीच जुहारी

रमेश वाग्ले

काठमाडौं, ७ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावपछि गरेको निर्णय कार्यान्वयन नगर्न मुख्यसचिवलाई निर्देशन दिएपछि कांग्रेसले आपत्ति जनाएको छ । अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए त्यसले अस्थिरता निम्तने कांग्रेसको तर्क छ ।

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावपछि गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई दिएको निर्देशनमा कांग्रेसले आपत्ति जनाएको छ ।

देउवा नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि दिर्घरोगी तथा गम्भीर प्रकृतिका रोगीलाई मासिक ५ हजार जीवन निर्वाह भत्ता दिने, बृद्धाभत्ता पाउने उमेर ७० बाट ६५ बर्षमा झार्नेलगायत दीर्घकालिन प्रभाव पार्ने निर्णय गरेको थियो ।

ती निर्णय कार्यान्वयन तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री ओलीले मुख्यसचिवलाई निर्देशन दिएर प्रतिपक्षीसँग द्वन्द्व बढाउन खोजेको कांग्रेसको बुझाइ छ ।

अझ वर्तमान प्रधानमन्त्रीले अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए त्यसले अस्थिरता निम्तने कांग्रेसको तर्क छ । देउवा नेतृत्वको सरकारले नयाँ सरकारलाई अप्ठ्यारो पार्ने गरी दीर्घकालिन प्रभाव पार्ने केही निर्णय गरेको थियो । तर कांग्रेस नेताहरु भने ती निर्णय उल्ट्ए राजनीतिक प्रतिसोधको राजनीति हुने तर्क गरिरहेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस अघि नै कामचलाउ भइसकेको सरकारले गरेको दीर्घकालिन असर पार्ने निर्णय उल्ट्याउने चेतावनी दिएका थिए।  अहिले प्रधानमन्त्री बने लगत्तै ती निर्णय कार्यान्वय नगर्न निर्देशन दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);