बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति पौडेल

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उहाँले सो कुराबताउनुभएको हो । बुद्धका अहिंसामैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने राष्ट्रपति पौडेलको भनाई थियो । आजको विश्व अनेकन समस्याहरु द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरुको ह्रासबाट प्रताडित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा बुद्धको उपदेशहरु अझ सान्दर्भिक बन्दै गएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मागदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सवल बनाउन हामीले सक्नुपर्ने पनि बताउनु भयो ।राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समूदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

अघिल्लो समाचार

Leave a Reply