कपिलबस्तु,४ फागुन । कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ । गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो ।
दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ । मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ । तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो । अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।