राष्ट्रिय सभा अन्तर्गगत चारवटा समिति सभापतिहरूले लिए पद तथा गाेपनीयताकाे शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

राष्ट्रिय सभा अन्तर्गगत चारवटा समिति सभापतिहरूले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गतका चारवटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुधबार संघीय संसद सचिवालयले आयोजना गरेको शपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उहाँहरुले शपथ लिनुभएको हो ।

राष्ट्रिय सभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित हुनुभएको थियो।

मंगलबार बसेको सम्बन्धित समितिको बैठकले उहाँहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो। समिति सभापतिहरुको शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply