काठमाडाैं । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ । पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताउनुभयो ।
गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहीवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् ।





