अफगानी मुद्रा झण्डै १० प्रतिशतले बलियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

अफगानी मुद्रा झण्डै १० प्रतिशतले बलियाे

एजेन्सी । अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९.९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ ।

बैंकद्वारा कार्यान्वयन गरिएका विवेकपूर्ण, सन्तुलित र प्रभावकारी मौद्रिक नीतिहरूको परिणाम स्वरूप मुद्राको मूल्यमा यो वृद्धि भएको बैंकका प्रवक्ता हसिबुल्लाह नूरीले स्थानीय सञ्चार माध्यम एरियाना न्युजलाई बताउनुभएको हो । ती अधिकारीकाअनुसार यी कदमहरू र वैदेशिक मुद्रा बजारमा गरिएको रणनीतिक हस्तक्षेपले राष्ट्रिय मुद्रालाई स्थिर र सुदृढ बनाउन मद्दत पुर्याएको छ ।

यसैबीच, मुद्राको अवमूल्यन रोक्न केन्द्रिय बैंकले वर्षभर मुद्रा विनिमय बजारमा लाखौँ अमेरिकी डलर प्रवाह (इन्जेक्ट) गरेको थियो ।

Leave a Reply