काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन बिहीवार देशभर मतदान भइरहेको छ । राजनीतिक दलका प्रमुख शिर्ष नेताहरु मदानमा सहभागि हुनुभएको छ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदानमा सहभागि हुन पाइने जनाएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाता नामावलीमा नाम दर्ता भएका सबै मतदाताले मतदानमा सहभागि हुन पाउने बताउनु भयो । उहाँकाअनुसार मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।
घिमिरेले मतदानमा सहभागि भई मनपर्ने उम्मेदवार र दलको चुनाव चिन्हमा नबिग्रिनेगरी मतदान गर्न सबैमा आग्रह समेत गर्नुभयो ।





