अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमवार दिनुभएको जानकारीअनुसार अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई हिन्द महासागरमा नियन्त्रणमा लिएको छ । अमेरिकी सैन्य बलले कुनै अप्रिय घटना बिना ट्याङ्कर नियन्त्रणमा लिएको हो । ट्याङ्करले अमेरिकी निगरानीबाट उम्किने प्रयास गरेको उल्लेख गर्दै उक्त ट्याङ्करमाथि भेनेजुएला आउने–जाने प्रतिवन्धित जहाजहरूका लागि तोकिएको अमेरिकी क्वारेन्टाइन उल्लंघन गरेको आरोप लगाइएको छ ।

सञ्चार माध्यमका रिपोर्टअनुसार ७ लाख ब्यारेल भेनेजुएलाको भारी कच्चा तेल बोकेको अक्विला आइआइ जनवरीको शुरुमा भेनेजुएलाको जलक्षेत्रबाट निस्किएको थियो । गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि अमेरिकाले भेनेजुएलासँग जोडिएका तेल ट्याङ्करहरूको नाकाबन्दीलाई थप कडा बनाएको छ ।

Leave a Reply